ओटोमोबाइल News

जनताले भोगेको शास्तिमा प्रधानमन्त्रीको गम्भिर चासो

जनताले भोगेको शास्तिमा प्रधानमन्त्रीको गम्भिर चासो

PM भदौ २ । उपत्यकामा तीस वटा साझा बस थप्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साझा बसका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेबीच छलफल भएको छ । बिहीबार साझा यातायातका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलाई प्रधानमन्त्री निवासमा बोलाई प्रधानमन्त्रीले छलफल गरेका हुन । छलफलमा प्रधानमन्त्रीले भने ‘उपत्यकामा आवातजावतका लागि जनताले दुख पाइरहेका छन् । जनतालाई राहतको अनुभूति दिन आवश्यक छ । काठमाडौंको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णयमा पुगौं ।’

प्रधानमन्त्रीले सम्वद्ध पक्षहरुसँग छलफल र गृहकार्य गरेर कम्तिमा तीस वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएका थिए । भेटमा निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताए ।

PM Shaja Yatayat

विशेष