News

क्यान्सरको उपचार विराटनगरबाट सुरु

क्यान्सरको उपचार विराटनगरबाट सुरु
biratnagarभदाै - २ । क्यान्सरको उपचारका लागि पूर्वाञ्चलवासी चितवन र काठमाडौं धाउने झन्झटबाट मुक्त भएका छन् । कोशी अञ्चल अस्पताल विराटनगरमा क्यान्सरको (केमोथेरापी) उपचार सेवा सुरु गरेपछि पूर्वाञ्चलवासी क्यान्सरको उपचारका लागि काठमाडौं र चितवन धाउने झन्झटबाट मुक्त भएका हुन् । सेवा सुरु गरेको सात महिनामै चार सयभन्दा बढी क्यान्सरका बिरामीले क्यान्सरको उपचार पद्धति (केमोथेरापी) सेवा लिएका छन् । सो अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रङ्गीन कठेतका अनुसार अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको चारसय क्यान्सरका बिरामीले उपचार सेवा लिएका हुन् । सो अस्पतालले सेवा सुरु गरेपछि यतीखेर दैनिक ६ देखि आठजना क्यान्सरका बिरामीले उपचार पाइरहेको कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलको भनाइ छ । अस्पतालले गतबर्ष माघदेखि केमोथेरापी उपचार सेवा सुरु गरेको थियो । क्यान्सरको उपचारका लागि विशेषज्ञ डा. सौगात पौडेल, रङ्गीन कठेतले उपचारसेवा दिँदै आएका छन् । हाल महिलामा पाठेघरको मुखको क्यान्सर र छातीको क्यान्सरको उपचार गरेको डाक्टर कठेतको भनाइ छ । सो अस्पतालले क्यान्सरको उपचार, केमोथेरापी, रेडिएसन, हार्मोनल थेरापी र इम्युन थेरापी पद्धतिबाट उपचार गर्दै आएको क्यान्सर विशेषज्ञ डा कठेतको भनाइ छ । सो अस्पतालमा पूर्वाधार अभावले जटिल उपचार सम्भव नभएपनि (केमोथेरापी) क्यान्सर रोकथामको उपचारसेवा सुरु भएपछि पूर्वाञ्चलका क्यान्सर पीडितलाई सहज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोशन पोखरेलले बताए । रासस

bitarnagar ma cancer ko upachar suru koshi hospital

विशेष