ताजा खबर News

सरकारले १० सुरक्षाकर्मी सहित ५२ जनाका परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

सरकारले १० सुरक्षाकर्मी सहित ५२ जनाका परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

भदौ २ । सरकारले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको छ । बिहीबार बसेको बैठकले मन्त्रीपरिषद् बैठकले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मी र ४२ जना आन्दोलनकारीका परिवारलाई १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

केपी ओली सरकारले पनि आन्दोलनमा मारिएका ४२ जनालाई राहत दिएको बताएको थियो । तर, सरकारले भने क्षतिपूर्तिबारे गृह मन्त्रालयबाट प्रस्ताव आएको यो नै पहिलो भएको बताएको छ । बैठकले मधेस आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, निजी तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति लगायतबारे छानविन गर्न आयोग गठन गरेको छ । सर्वोच्चका पूर्वन्यायाधीश लालको अध्यक्षमा बनेको आयोग सात सदस्यीय हुनेछ ।

pmo nepal

विशेष