काबुल घटनाका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने
भदौ २ । सरकारले गत असारमा अफगानिस्थानको काबुलमा भएको बम बिस्फोटमा घाइते भएकाहरुको उपचारमा भएको कुल ९१ लाख ६ हजार खर्च व्यहोर्ने निर्णय गरेको छ ।
बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले घाइतेको उपचारमा भएको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो । अफगानिस्तानको राजधानी काबुलमा असार ६ गते सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटमा परी १४ नेपालीको मृत्यु भएको थियो । बिस्फोटमा ७ जना घाइते भएका थिए । घाइतेलाई सरकारले तत्काल उद्धार गरी भारतको नयाँ दिल्लीमा उपचार गर्ने व्यवस्था मिलाएको थियो ।
ghiteko upachar sarkarle garne
kabul bus attact