विदेश

बिरालाे कुटेको आह्रोपमा मेयरविरुद्ध अदालतमा मुद्धा

बिरालाे कुटेको आह्रोपमा मेयरविरुद्ध अदालतमा मुद्धा
catभदौ – २ । तीन वर्षअघि एउटा बिरालोलाई कुटेर अपांग बनाएको भन्दै भारतीय सहर पुनेकी पूर्वमेयर तथा राज्यसभा सदस्य बन्दना चौहानविरुद्ध अदालतमा मुद्धा हालिएको छ । पशुअधिकारवादीहरुलको अनुसार बिरालोलाई कुटेको थाहा हुनासाथ प्रहरीकोमा उनीहरुले उजुरी गरेका थिए । तर, बन्दनाको राजनीतिक प्रभावका कारण प्रहरीले त्यतिबेला गरेको उजुरी स्वीकार गरेको थिएन । वन्दनाले मुद्धा दायर गर्ने विजय नावडीकरको बिरालोलाई घाइते बनाएकी थिइन् । विजयलाई पशुअधिकारवादीहरुले मुद्धा दायर गर्न सहयोग गरेका थिए । मुद्धामाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले बन्दनालाई अक्टोबर ४ तारिखमा अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

cat India

विशेष