भदाै - २ । नैनसिंह महर नेपाल विद्यार्थी संघको सभापति निर्वाचित भएपछि उनको चर्चा सर्वत्र छ । तर, उनको व्यथा बेग्लै छ । उनलाई उमेर लुकाउंन धौधौ भइरहेको छ । किनभने, उनी युवावयको उत्तरार्धमा विद्यार्थीको नेता भएका छन् । ४२ बर्षिय महरलाई उमेरका आधारमा भन्दा विद्यार्थीको नेता बन्न सुहाँउदैन । तर, दोष उनको मात्रै होइन ।
[su_pullquote align="right"]महर आफैंले वेभसाइट तयार गरेका छन् । सबै विवरण दिए पनि जन्ममिति उल्लेख गरेका छैनन् । विक्लिपिडियामा पनि उनले आफ्ना बारेमा आफैंले सामाग्री अपलोड गरेका छन् । सबै विवरण दिए पनि उनले उमेर खुलाएका छैनन् ।[/su_pullquote]
उनले नेविसंघमा मात्रै २८ बर्ष बिताए । २८ बर्षे राजनीति भनेको चानचुने कुरा होइन । उनी उपाध्यक्ष भएपछि नेविसंघको चुनाव हुँनै ९ बर्ष लाग्यो । यो ९ बर्ष फाेकटमा बित्यो ।
महर आफैंले
वेभसाइट तयार गरेका छन् । सबै विवरण दिएपनि जन्ममिति उल्लेख गरेका छैनन् ।
विक्लिपिडियामा पनि उनले आफ्ना बारेमा आफैंले सामाग्री अपलोड गरेका छन् । सबै विवरण दिएपनि उनले उमेर खुलाएका छैनन् ।
महरको उमेरकै हाराहारीमा बाराक ओबामा अमेरिकाको राष्ट्रपति भएका थिए । महरको भन्दा कम उमेरमा मदन भण्डारी एमालेको महासचिव भइसकेका थिए । विद्यार्थी राजनीतिमै बृद्ध नभइ पालो नआउंने प्रवृत्तिले देशकै नेतृत्व युवाले कहिले पाउने भन्ने गम्भीर प्रश्न तेर्सिएको छ ।
Nain Shing Mhar
Nebi Sangh
Nepal Congress