News

नागरिक समाजले शुक्रबारदेखि सत्याग्रह अान्दाेलन गर्ने

नागरिक समाजले शुक्रबारदेखि सत्याग्रह अान्दाेलन गर्ने
satyagraha hindi calligraphy (2) भदाै - २ । संवैधानिक नियुक्ति र अन्य क्षेत्रमा भागबन्डालाई निषेध गरी मतदाताले अत्यधिक रुचाएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने लगायत १४ बुँदे माग राख्दै शुक्रबारदेखि सत्याग्रह सुरु हुने भएको छ । जागरुक नागरिक समाजले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा माइतीघर मण्डलमा हुने सत्याग्रहमा बद्रीप्रसाद खतिवडा, कृष्णनाथ घिमिरे, चित्रबहादुर पुन र मुकुन्द ढकाल सहभागी हुने जनाइएको छ । दिगो सरकारले मात्र शान्ति र समृद्धि दिन सक्ने भएको हुँदा त्यसका लागि नेपालीको मतदानबाट प्रत्यक्ष प्रधामन्त्रीको निर्वाचन गर्नुपर्ने, वातावरण विनाशले सिङ्गो मुलुकमा ठूलो नोक्सान हुने हुँदा रोक्नका लागि सरकारले विशेष पहल गर्नुपर्ने, कोसी, गण्डकी र कर्णाली जलाधार क्षेत्र समेटिएको तीन प्रदेश मात्र कायम हुनुपर्ने लगायत माग समाजको छ ।

nepal satyagra andolan

विशेष