विदेश
बम आक्रमणका १५ आरोपी पक्राउ
बिहिबार, ०२ भदौ २०७३ गते प्रकाशित
भदाै - २ । थाइल्याण्डमा गएको हप्ता भएका शृङ्खलाबद्ध बम आक्रमणका आरोपीलाई खोज्ने क्रममा सेनाले कम्तीमा पनि १५ जनालाई पक्राउ गरेको समाचारमा जनाएको छ ।
सेनाले दिएको जानकारी अुनसार गतहप्ता एकैदिन विभिन्न ११ स्थानमा बम हमला गरेपछि थाइल्याण्डको सैनिक सरकारले त्यसका विरुद्धमा व्यापक मात्रामा खोजी थालेको थियो ।
त्यस खोजीका क्रममा बिहीबारसम्ममा १५ जनालाई नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखिएको जानकारी दिएको छ । विभिन्न पाँच वटा जिल्लामा सो आक्रमण एकै पटक गरिएको थियो ।
सेनाले थाइल्याण्डजस्तो पर्यटन व्यवसाय नै मुख्य आर्थिक आधार भएको देशमा भएको यस बम हमलाले सो देशमा आतङ्ककारीको आक्रमणको पनि त्रास हुनसक्ने भन्दै सेनाले ती आक्रमणकारीको खोजीलाई तिब्रता दिएको बताएको थियो ।
सो हमलाबाट चार जनाको ज्यान गएको छ भने अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । उक्त हमलामा परी घाइते हुनेमा विदेशी पर्यटक पनि परेका छन् ।
आक्रमण द्वन्द्वग्रस्त मानिएको दक्षिणी प्रान्तमा बढी भएको थियो । तर ती आक्रमणहरु आतङ्ककारी आक्रमण भने नभएको थाई सैनिक सरकारले यस अघिदेखि नै बताउँदै आएको थियो ।
थाई सेनाका एकजना कर्णेल बुरिन तोङपारापाईले अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको भए पनि सैनिकले नै ती बम हमलाहरुको अनुसन्धान थालेकोले केही दिनमा नै त्यस बारेमा पत्ता लाग्ने जानकारी दिए । रासस÷सिन्ह्वा
Pakrau
thailand