News
अनेरास्ववियुकाे विवाद मिलाउने जिम्मा अधिकारीलाई दिइयाे
बिहिबार, ०२ भदौ २०७३ गते प्रकाशित
भदाै - २ । नेकपा (एमाले) निकट अनेरास्ववियुकाे विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिइएको छ ।
अनेरास्ववियुका महासचिव ऐन महरले सचिवालयको कार्य विभाजनबारे देखिएको विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज अधिकारीलाई दिएको जानकारी गराए ।
अध्यक्ष नवीना लामा र महासचिव महरबीचमा सचिवालय सदस्यको कार्य विभाजनबारे विवाद हुँदै आएको थियो । विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्जलाई दिएपछि आगामी शनिबार महासचिव महरले बोलाएको भेला समेत स्थगित गरिएको छ ।
अध्यक्ष लामाले विधि प्रक्रिया उल्लङ्घन गरी कार्य विभाजन गरेकाले निर्णय सच्चाउन माग गरेको महासचिव महर बताउँछन् ।
“अध्यक्षले विधान विपरीत कार्य विभाजन गर्नुभएको थियो” उनले भने– “हाम्रो त्यसमा असहमति थियो । कार्य विभाजनसम्बन्धी विवाद विद्यार्थी इन्चार्जले मिलाउने भनेपछि भेला पनि स्थगित गरियो ।”
अध्यक्ष लामाले सचिवालय सदस्यको कार्य विभाजन गरेपछि महासचिव महर असन्तुष्ट बनेका थिए । रासस
anerasobeu
nekapa amale