अमेरिकाको क्यालिफोर्नियामा लागेका डढेलाे नियन्त्रण प्रयासका ११ तस्बिर
भदाै - २ । अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणी भेगकाे ३० हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको ठूलो अागलागी भएकाे छ । डढेलाे नियन्त्रणका लागि अग्नि नियन्त्रकहरु निरन्तर लागि परेका छन्।
लस एन्जलसको पूर्वमा घर हुने ८२ हजारभन्दा बढी मानिसहरुलाई आफ्नो घर छोडेर अन्यत्र सर्न सरकारी अधिकारीले आदेश जारी गरिसकेका छन्।
ब्लु कट फायर नाम दिइएको उक्त डढेलोले घेरै घरहरु ध्वस्त पारेको छ । त्यस्तै क्यालिफोर्निया र नभाडाको यातायात सेवालाई अवरुद्ध पारेको छ।
आगो सुरुमा, मंगलबार सुख्खा पडाडबाट सुरु भएकाे थियाे थियो। १३ हजार अग्नी नियन्त्रका लागि प्रयासरत छन् । अागलागी भएकाे मुख्य क्षेत्रमा ३० हजारभन्दा बढी घर र दशौं हजार मानिसलाई घर छोड्न निर्देशन दिइएको छ।
तस्बिरहरु एपी एफपी सिन्हवाबाट लिइएकाे हाे ।
America
America Fire
Fire