राजनीति News

नेविसंघमा को को भए निर्वाचित

नेविसंघमा को को भए निर्वाचित

nebi-sangh-logo-nepalaaja

भदौ ३ । नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ । मत परिणामानुसार अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । महरले एक हजार चार सय ४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार तीन सय २८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै महामन्त्री (दुई पद) मा कुन्दनराज काफ्ले र सरोजकुमार थापा विजयी भए । कोषाध्यक्षमा शिव रिमाल विजयी भए । त्यस्तै उपाध्यक्षमा प्रदेश नं १ बाट विकास केसी, प्रदेश नं २ बाट सञ्जय यादव, प्रदेश नं ३ बाट रामप्रसाद अधिकारी, प्रदेश नं ४ बाट डिल्लीराम सुवेदी, प्रदेश नं ५ बाट प्रकाश राना, प्रदेश नं ६ बाट खड्ग डाँगी र प्रदेश नं ७ बाट पुष्पकुमार शाही विजयी भएका हुन ।

समावेशी उपाध्यक्षमध्ये क्रमशः महिलामा उर्मिला थपलिया, मधेसीमा पवन यादव, जनजाति आदिवासीमा नवीन राई र दलितमा सागर परियार विजयी भए । सहमहामन्त्रीमा प्रदेश नं १ मा कृष्ण कार्की, प्रदेश नं २ मा राजेशकुमार रौनियार, प्रदेश नं ३ मा माधवप्रसाद ढकाल, प्रदेश नं ४ मा हरिहर शर्मा, प्रदेश नं ५ मा प्रकाश घिमिरे, प्रदेश नं ६ मा ईश्वरबहादुर विष्ट र प्रदेश नं ७ मा अच्युतराज कलौनी विजयी भएका हुन ।

समावेशी सहमहामन्त्री छात्राबाट साधना घिमिरे, मधेसीबाट परमेश्वर साह, आदिवासी जनजातिबाट दीपेश राई र दलितबाट ललिता सुनार विजयी भए । काँग्रेसले नेविसङ्घका पदाधिकारी बाहेक अन्य सदस्यको पनि परिणाम सार्वजनिक गरेको छ । सङ्घमा १२९ पदका लागि निर्वाचन भएको हो । बाँकी २२ जना मनोनयन हुने प्रावधान छ ।

Nepal Studnet Union

विशेष