सरकारले भारतीयलाई सहिद घोषणा गरेन

भदौ ३ । मोर्चाको गठबन्धनले भारतीयलाई पनि सहिद घोषणा गर्न माग सहित सूची बुझाएकोमा सरकारले शहिद घोषणा गरेन । गत १६ कात्तिक ०७२ मा वीरगन्जमा मारिएका भारतीय नागरिकलाई सहिद घोषणा गर्नुपर्ने मोर्चाको माग थियो । उसले सरकारलाई बुझाएको ६८ जनाको सूचीमा आशिषकुमार रामको नाम छ । उनको ठेगाना भने पर्सा उल्लेख छ, तर उनी भारतीय नागरिक हुन् । सरकारले उनलाई सहिद घोषणा गरेन ।