News
हराएका पुरुषकाे शव भेटियाे
शुक्रबार, ०३ भदौ २०७३ गते प्रकाशित
भदाै - ३ । सोलुखुम्बुको बाकुमा एक पुरुषको शव भेटिएको छ । बाकु–६ बस्ने वर्ष ५१ का तुलसी निरौलाको शव बाकु–५ स्थित सामुदायिक वनको रुखमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उनी बिहिबार राति करिब ८ बजेदेखि हराइरहेका थिए । निरौलाको हत्या भएको आशङ्कामा अनुसन्धानका लागि प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
निरौला राति अबेरसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । खबरपछि प्रहरीले बाकु–५ स्थित जङ्गलमा शुत्रःबार बिहान शव फेला पारेको हो ।
शव परीक्षणका लागि सल्लेरी ल्याइदै गरेको र थप अनुसन्धानका लागि पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यलय ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिएका छन् ।
harayeka purush ko sab fela