News

अनुदान रकम लिएर घर हिँडेका वृद्धको हत्या

अनुदान रकम लिएर घर हिँडेका वृद्धको हत्या
death-mainभदौ – ३ । सरकारले भूकम्प प्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम लिएर बिहीबार घर गएका धादिङ किरान्चोक–४ ऐसेलुखर्कका ७५ वर्षे हर्कबहादुर तामाङको हत्या भएको छ । हर्कबहादुरको श्रीमती ८० वर्षे ठूलीमायाँ तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थल पृथ्वीराजमार्गबाट पाँच घण्टाको पैदलदूरीमा रहेकोले गजुरीबाट खटिएको प्रहरी टोलीले बिहिबार राति अबेरसम्म पनि घाइतेलाई अस्पताल पु¥याउन सकेको थिएन । हर्कबहादुरको हत्या गर्ने व्यक्ति र कारण भने खुलेको छैन । यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

hatya

विशेष