News

श्रीमानकाे कुटाइले अस्पताल पुर्यायाे

श्रीमानकाे कुटाइले अस्पताल पुर्यायाे
kutai भदाै - ३ । घरेलु हिंसा न्यूनीकरण गर्न जतिसुकै कार्यक्रम सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका महिला निरन्तर घरेलु हिंसाको सिकार भइरहेका छन् । सहरी क्षेत्रमा घरेलु हिंसासम्बन्धी घटना कम भएको पाइए पनि ग्रामीण बस्तीमा यसको न्यूनीकरण हुन नसक्दा महिला यसको सिकार हुनु बाध्य छन् । बिहीबार राति श्रीमानकाे कुटाइबाट जिरीमा ५५ वर्षीय टेकमाया कार्की गम्भीर घाइते भएकी छिन् । श्रीमान् उत्तरबहादुर कार्कीले मदिरा सेवान गरी राति टेकमायालाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी हुन् । स्थानीयवासीकाअनुसार दुबैै जनाले मदिरा सेवान गरेका थिए । घरायासी विवाद हुँदा उत्तरबहादुरले श्रीमतीलाई कुटपिट गरेर घाइते बनाएको स्थानीयवासीले बताएका छन् । घाइते टेकमायालाई राति नै छिमेकीले उपचारका लागि जिल्ला अस्पताल दोलखामा ल्याएका थिए । टेकमायाको टाउको र अनुहारमा गहिरो चोट लागेको छ । रासस

dolakha jiri riman ko kutai bata rimati hospital ma

विशेष