शाैचालय गएकी बालिका बलात्कार गर्ने पक्राउ
भदौ ३ । चन्द्रपुरः एक १२ वर्षीया बालिकालाई सामुहिक बलात्कारका आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना भने फरार छन् ।
रौतहटको सिम्राभवानीपुर गाविसका ३० वर्षीय सलाहुद्धिन अन्सारी, २६ वर्षीय असताफ देवान, ३५ वर्षीय सहीद अन्सारी र १८ वर्षीय असरफ मिंयाले साउन ३१ गते राती सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका छन् ।
बालिका राति करिब ८ बजे घर नजिकै रहेको पोखरी छेउमा शौचालय गएको अवस्थामा आरोपित मध्येका असरफ मिंया र असताफ देवानले मुख थुनेर सिम्रा भवानीपुर गाविस–२ मा रहेको वाल मेमोरियल एकेडेमी स्कुल पछाडिको खेतमा लगेर सलाहुद्धिन अन्सारी र असरफ मिंयाले बलत्कार गरेको आरोप छ । अन्य आरोपिले बालिकालाई समातेर राखेको भन्दै उजुरी परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पछिल्लो बर्षहरुमा चार देखि १५ बर्ष उमेरका बालिका बलात्कृत हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
Rape