News
गाँउपालिकाको सङ्ख्या बढाउन काँग्रेसकाे माग
शुक्रबार, ०३ भदौ २०७३ गते प्रकाशित

भदाै - ३ । नेपाली काँग्रेस बाँकेको बैठकले राज्य पुनःसंरचना आयोगले बाँकेका लागि तय गरेको छ गाँउपालिकाको सङ्ख्या बढाएर कम्तीमा आठदेखि १० सम्म पुर्याउनुपर्ने माग गरेको छ ।
शुक्रबार बसेको बैठकले प्रत्येक गाँउ पालिकाको जनसङ्ख्या २५ देखि ३० हजार हुनुपर्ने, आर्थिक, सामाजिक, साँस्कृतिक, भूगोल एवम् प्राकृतिक स्रोत, साधनको बाँडफाँडका आधारमा गाँउपालिकाको सीमाङ्कन हुनुपर्ने र गाँउपालिकाको कार्यालय जनताको सहज पहुँच हुन सक्ने स्थानमा खोल्नुपर्ने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष किरण कोइरालाले जानकारी दिए ।
banke
Nepali Congress