News

डा केसी आफ्ना समर्थक सहित प्रधानमन्त्री निवास

डा केसी आफ्ना समर्थक सहित प्रधानमन्त्री निवास
Dr Gobinda Kc भदौ – ४ । डा गोविन्द केसी आफ्ना समर्थक सहित प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिइरहेका छन् । उनको आठौँ अनशनका क्रममा सरकारसँग भएका सम्झौतालाई कार्यान्वयन लागि दवाव दिन सोलिडारिटी फर डा केसी अलायन्सले धर्ना कार्यक्रममा आयोजना गरेको हो । ११ बजेबाट सुरु भएको धर्नामा सयौँ मासिनहरु सहभागी भएका छन् । डा केसीले सरकारले आफुसँग गरेका सम्झौताहरु अबिलम्ब लागु गर्नु पर्ने बताएका छन् । डा केसीसगै धर्नामा लेखक खगेन्द्र संग्रौला, प्राध्यापक कपिल श्रेष्ठ, आर्टिस्ट किरण मानन्धर, युवा लेखक बुद्धि सागर, प्राध्यापक चैतन्य मिश्र, प्रत्यूष वन्त लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

Baluwatar Dr. Gobinda Kc

विशेष