News
कोइरालाकाे योगदानको चर्चा
शनिबार, ०४ भदौ २०७३ गते प्रकाशित
भदाै - ४ । जिपी कोइरालाश्रम प्रतिष्ठानको दोस्रो साधारण सभाका क्रममा शनिबार नगरकोटमा भएको कार्यक्रममा नेपाली काँग्रेसका सांसद पुस्कर आचार्यले ट्रेड युनियनप्रति जनतामा नकारात्मक भावना पैदा हुँदै गएकाले यसलाई चिर्नु आवश्यक रहेको बताएका छन् ।
'काँग्रेसकै शीर्ष नेता ट्रेड आन्दोलनको विपक्षमा छन्, कसरी श्रमिकको अधिकार स्थापित हुन्छ ?' उनले प्रश्न गरे ।
ट्रेड युनियनका नेतासमेत रहेका सांसद आचार्यले फाउन्डेसनले आम श्रमजीवी जनताको पक्षमा काम गरेको स्पष्ट पारे। उनले मजदुर आन्दोलनलाई समाप्त पार्ने खेल भएकाले यसप्रति सचेत रहन सम्पूर्ण श्रमिकलाई आग्रह गरेका छन् ।
कार्यक्रममा वक्ताहरुले श्रम आन्दोलनका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पुर्याएका योगदानको चर्चा गरेका थिए ।
नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश निरौलाले संविधानले ट्रेड युनियनको अधिकारलाई नसमेटेको बताए ।
फाउन्डेसनका कार्यबाहक अध्यक्ष शिशिरकुमार झा, नेपाल ट्रेड युनियन काँग्रेसका अर्का उपाध्यक्ष अयोध्या यादव लगायतले नेपालको हरेक आन्दोलनको नेतृत्व श्रमिकले गरेकाले श्रमिकको मुद्दामा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।
कोइरालाले २००३ सालमा विराटनगर जुटमिलबाट श्रम आन्दोलनको नेतृत्व गरेका थिए ।
Nepali Congress
puskar acharya