खेल News

खेलकुद क्षेत्रमा राजनीतिकरण हुन नदिने मन्त्री श्रीपाइलीकाे प्रतिबद्धता

खेलकुद क्षेत्रमा राजनीतिकरण हुन नदिने मन्त्री  श्रीपाइलीकाे प्रतिबद्धता
भदाै - ४ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाएका छन् ।चितवनको भरतपुरमा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विधि र प्रक्रियाअनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताए ।प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा उनले अन्य राजनीतिक दलको भावनालाई समेत समेटेर सहकार्यका हिसाबले विधि र प्रक्रिया अनुसार आफू अगाडि बढ्ने प्रष्ट् पारेका हुन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) विवादका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उनले क्यानमा देखिएको विवाद आफ्नै पालोमा समाधान गरेरै छाड्ने जिकिरसमेत गरे । साग खेल नेपालमा हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले तयारीमा मन्त्रालय लागिपरेको जानकारी दिएका छन्स्पोट्र्स युनिभर्सिटीको अवधारणा अघि सारिएको छ, मन्त्री श्रीपाइलीले भने 'यसका लागि अध्ययन टोलीसमेत खटाइसकेको छु नेपालमा यो सम्भव छ ।'

dal jit sripaili khel

विशेष