भदाै - ४ । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैँंडाको सङ्ख्या शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बढेर दश पुगेको छ ।
गत वर्ष आरक्षमा आठवटा एक सिङ्गे गैँडा रहेकोमा यस वर्ष बढेर दश पुगेका हुन् । वासस्थान र सुरक्षा व्यवस्थामा सुधार गरिएपछि गैंँडाको सङ्ख्यामा बढोत्तरी भएको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताएका छन् ।
गत वर्ष आरक्षको लालवनीया क्षेत्रमा प्राकृतिक रुपमा एउटा गैँडा मरेको र मरेको गैँंडाको खाग तस्करी गर्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ उनले भने - 'त्यसअघि झिलमिला क्षेत्रबाट भारतमा गएर गैंँडा मरेको थियो, पछि आरक्षमा गैँंडाको सुरक्षाका लागि निगरानी बढाउँदै आएकाले गैँंडा सुरक्षित भएका छन् ।'
सन् २००० मा चितवन राष्ट्रिय वन्यजन्तु निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँंडा शुक्लाफाँटामा ल्याइएको थियो । एक गैँंडा प्राकृतिक रुपमा शुक्लाफाँटा आरक्षमा फेला परेको थियो । स्थानान्तरण भएको डेढ दशकपछि गैंँडाको सङ्ख्यामा दोव्बरले बढोत्तरी भएको छ उनले भने, 'यसलाई संरक्षणका हिसाबले सुधारोन्मुख भन्न सकिन्छ ।' आरक्षको सलगाैँडी क्षेत्र गैँंडाको मुख्य क्रिडास्थलका रुपमा रहेको छ ।