विदेश
ट्रम्पका चुनाव प्रचार प्रमुखद्धारा राजीनामा
शनिबार, ०४ भदौ २०७३ गते प्रकाशित

भदौ - ४ । अमेरिकी राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका चुनावी प्रचार अभियानका प्रमुख पउल मानाफोर्टले राजिनामा दिएका छन् ।
विवादास्पद अभिव्यक्तिका कारण ट्रम्पको चुनावी अभियान प्रभावित भएको बेला प्रचार प्रमुखको राजिनामा पनि आएको हो । तर मानाफोर्टले ट्रम्पको प्रचार अभियान प्रमुखबाट किन राजिनामा दिए भन्ने खुलेको छैन ।
मानाफोर्टमाथि रुसी हितको पक्षमा रहेको तथा युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुभोविचसँग नजिक रहेको आरोप छ ।
मानाफोर्टले भने ति सबै आरोप अस्वीकार गर्दै आएका छन् । पउल दुई महिना अघि ट्रम्पका चुनावी प्रचार अभियान प्रमुख नियुक्त भएका थिए ।
एजेन्सी
donald trompf