विदेश

जापानमा भूकम्पको धक्का

जापानमा भूकम्पको धक्का

भदौ – ४ । जापानको उत्तरपश्चिम सामुद्रीक इलाकामा शनिबार स्थानीय समयअनुसार ६ बजेर १ मिनेटको समयमा ६.० म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको जापानको मेटेरियोलोजिकल एजेन्सीले बताएको छ । उक्त समयमा उत्तरपश्चिम जिल्ला मियागीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमले बताएका छन् । भूकम्पको केन्द्रबिन्दु ४०.३ डिग्री उत्तरी अक्षांश र १४३.९ डिग्री पूर्वी देशान्तरमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ । भूकम्पको क्षतिको खबर प्राप्त भै नसकेको सञ्चार माध्यमले जनाएको छ । जापानको होकाइदो, मियागो, अकिता र यमगाटा क्षेत्रमा भूकम्पपीय धक्का महसुस भएपछि घर र अफिसभित्र काम गरिरहेका मानिसबीच केहीबेर भागदौड मच्चिएको थियो ।

Japan Earthquake

विशेष