खेल ताजा खबर News

जर्मनीसंग विश्वकपमा व्यहोरेको हारको बदला लिदैं अयोजक ब्राजिललाई फुटबलमा स्वर्ण

जर्मनीसंग विश्वकपमा व्यहोरेको हारको बदला लिदैं अयोजक ब्राजिललाई फुटबलमा स्वर्ण

Nyamar भदौ ५ । आयोजक ब्राजिलले रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । आइतबार बिहान भएको फाइनलमा जर्मनीलाई टाइब्रेकरमा ५–४ ले हराएर ब्राजिलले फुटबलमा पहिलो ओलम्पिक स्वर्ण पदक जितेको हो । निर्र्धाित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा १–१ को बराबरी भएपछि खेलको टाइब्रेकरमा गएको थियो । निर्र्धाित समयको खेलमा २६ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

Brazil

माराकाना रंगशालमा भएको खेलमा जर्मनीका म्याक्सिमिलियन मेयरले ५९ औं मिनेटमा बराबरी गोल फर्काए । ब्राजिल यसअघि १९८४, १९८८ र २०१२ मा ओलम्पिक फुटबलको फाइनलमा पराजित भएको थियो । सन् २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७–१ ले हराएको बदला लयो । जर्मनीलाई फाइनलमा हराएर ओलम्पिक स्वर्ण जित्दै ब्राजिलले दुई वर्षअघि विश्वकपमा बेहोरेको हारेको बदाला लिएको छ ।

brazil Rio Olampics

विशेष