राजनीति News

बोलेर भन्दा काम गरेर देखाउँछुः प्रधानमन्त्री

बोलेर भन्दा काम गरेर देखाउँछुः प्रधानमन्त्री

Pushpa-Kamal-Dahal

भदौ ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निकायको चुनाव गर्न सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्दै स्थानीय निकायको चुनाव सम्पन्न गर्न संविधानप्रति असन्तुष्ट दलसँग छलफल भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार मधेसी, दलित, महिला र मुस्लिम समुदायसहितको समावेशी हुनेसमेत दाबी गरे । तराई, हिमाल पहाडलाई आन्तरिक एकतामा एकताबद्ध गर्ने सरकारको योजना रहेको उहाँको भनाइ थियो ।

पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि प्रधानमन्त्री दाहालले बताए । ‘धेरै बोल्नेभन्दा पनि यो काम गर्ने बेला हो, त्यसैले नागरिकलाई सुशासन दिनेतर्फ सरकार केन्द्रित रहेको छ’ दाहालको दाबी छ ।

Dahal Prachanda

विशेष