देश News

छ वर्षीया चञ्चला चन्द, जसलाई चितुवाले चुँडेर लग्यो

छ वर्षीया चञ्चला चन्द, जसलाई चितुवाले चुँडेर लग्यो

Chituwa

भदौ ५ । बैतडीको तल्लोस्वराडमा एक छ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ । ज्यान जानेमा उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दकी छोरी चञ्चला चन्द रहेको स्थानीयवासी वीरेन्द्र महताले जानकारी दिए । बालिकालाई शनिबार साँझ आँगनमा खेलिरहेका बेला एक्कासी आएको नरभंक्षी चितुवाले आक्रमण गरेको उनले बताए ।

आक्रमणपछि बालिकालाई चितुवाले लगेको र खोजतलास गर्दा करिब राति १० बजे घरबाट करिब ४०० मिटर टाढा भिटा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा बालिका मृत भेटिएको महताले बताए । बालिका स्थानीय गङ्गेश्वर प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । प्रहरीको टोली घटनास्थल पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।

Chancala

विशेष