अपराध सुरक्षा News

बेचिन लागेका ४ युवतीकाे उद्धार

बेचिन लागेका ४ युवतीकाे उद्धार

Human भदौ ५ । वैदेशिक रोजगारीको प्रलोभनमा परी भारततर्फ जान लागेका चारजना युवतीलाई कन्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरेको छ । माइती नेपाल, कञ्चनपुरले पोखराबाट दिल्लीका लागि छुटेको बस र काठमाडौँबाट दिल्लीका लागि छुटेको बसमार्फत भारततर्फ जान लागेका चारजना युवतीको उद्धार गरेको हो ।

पोखराबाट दिल्लीका लागि छुटेको बसबाट कुबेतमा रोजगारीका लागि भनेर हिँडेका काभ्रेपलाञ्चोककी २० वर्षीया युवती र म्याग्दीकी २८ वर्षीया युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन । उनले युवतीलाई पोखराकी सीता नेपालीले कुबेतमा राम्रो जागिर लगाइदिने भन्दै प्रलोभनमा पारी ललाइफकाइ कुबेत पठाउन लागेको खुलेको छ ।

त्यस्तै, माइती नेपालले काठमाडौँबाट दिल्लीका लागि छुटेको बसबाट नुवाकोटका दुईजना युवतीलाई पनि सीमा नाकाबाट उद्धार गरेको छ । वैदेशिक रोजगारीका लागि दुबई जान लागेका नुवाकोटका एक २३ वर्षीया युवती र अर्की २७ वर्षीया युवतीको उद्धार गरिएको संयोजक भट्टले दिइन ।

Human Trafficking Nepal

विशेष