विवाह समारोहमा विष्फोट ३० को मृत्यु ९० घाइते

भदौ ५ । टर्कीमा एक विवाह समारोहलाई लक्षित गरी भएको बम विस्फोटनमा परि ३० जनाको मृत्यु भएको छ । टर्कीको दक्षिण शहर गाजियान्टेपमा भएको विस्फोटनमा परि ९० जना घाइते भएको स्थानीय सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
सिरियाको सीमा नजिक रहेको गाजियान्टेपमा भएको आक्रमण आतंककारी रहेको टर्की सरकारले जनाएको छ । यस्तै घटनामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको संलग्नता रहेको टर्की सरकारले बताएको छ । मुख्य गरी कुर्दिस समुदायको बसोबास रहेको गाजियान्टेपसहित टर्कीको दक्षिणी क्षेत्रमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ्दै गएका छन् ।
Turkey