देश News

गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानको अध्यक्षमा शिशिरकुमार झा

गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानको अध्यक्षमा शिशिरकुमार झा

Girija Prasad Koirala भदौ ५ । गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानको शनिबार सम्पन्न दोस्रो साधारणसभाले शिशिरकुमार झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुधा दाहाल, महासचिवमा सूर्य नेपाल, सचिवमा ऋषिराम आचार्य, कोषाध्यक्षमा इन्द्रमणि उप्रेतीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यमा महेन्द्र यादव, योगेन्द्र कुँवर, गणेश केसी, सुशीला घिमिरे, तेजप्रसाद रिजाल, टङ्कमणि अधिकारी, धर्म भण्डारी, अमृतलाल जोशी, राधिका कुँइकेल, सञ्जय दाहाल, सुमन लामा, गणेश भट्टराई, परमेश्वर श्रेष्ठ, राजेन्द्र दाहाल र पवनजङ्ग ठकुरी चयन भएका छन्। त्यसैगरी संस्थापक अध्यक्ष सांसद पुष्कर आचार्य संरक्षकका रुपमा रहेका छन् ।

पच्चीस सदस्यीय कार्यसमिति रहने प्रावधानअनुरुप पाँच जनालाई भने नयाँ कार्यसमितिले मनोनयन गर्नेछ । साधारणसभाले श्रम तथा औद्योगिक शान्तिसम्बन्धी विभिन्न प्रस्तावसमेत पारित गरेको छ ।

Girija Prasad Koirala

विशेष