राजनीति News

कांग्रेसको भेला बानेश्वरमा

कांग्रेसको भेला बानेश्वरमा

nepali-congress-flag भदौ ५ ।  कांग्रेस जिल्ला सभापति र केन्द्रीय सदस्यहरुको सयुंक्त भेला बानेश्वरस्थित आनन्द पार्टी प्यालेसमा शुरु हुंदैछ । आज र भोलि २ दिनसम्म चल्ने भेलाले स्थानीय निकायको संख्याका बारेमा एकीकृत धारणा बनाउंने बताइएको छ । स्थानीय निकायको संख्या र सीमा निर्धारण गर्न गठित आयोगले स्थानीय निकायको संख्या ५ सय ६५ प्रस्ताव गरेको सन्दर्भमा काँग्रेसले भेला डाकेको हो ।

सरकारद्वारा गठित आयोगले तोकेको संख्या अत्यन्त न्युन भएको कांग्रेसमा कुरा उठिरहेको छ । ७५ जिल्लाका लागि ५ सय ६५ स्थानीय निकाय हुँदा जनजीबन असहज हुंने र व्यवस्था कमजोर बन्ने नेताहरुको बुझाइ छ । कांग्रेसले भेलामा उपस्थित हुन सबै केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुलाई ह्विप जारी गरेको छ ।

Congress sherbahadur deuba

विशेष