ताजा खबर राजनीति News

थोरै बोल्ने काम धेरै गर्ने प्रधानमन्त्रीको वाचा, यातायातको सिन्डिकेट तोडिने

थोरै बोल्ने काम धेरै गर्ने प्रधानमन्त्रीको वाचा, यातायातको सिन्डिकेट तोडिने
prachanda-nepalaaja भदौ ५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रे विर्ता देउरालीको बस दुर्घटनालाई नकरात्मक पाठका रुपमा लिएको बताएका छन् । नेपाल टेलिभिजनको साप्ताहिक कार्यक्रम सिँधा कुरा प्रधानमन्त्रीसँगमा कुरा गर्दै प्रचण्डले यातायातमा जारी सिन्डिकेट आफ्नै पालामा समाप्त पार्ने दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सिन्डिकेट अन्त्य गर्नका लागि आफूले सम्बन्धित सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिइसकेको र परिणाम दखिन सुरु भइसकेको जनाए । उनले सिन्डिकेटवालालाई राजनीतिक र प्रशासनिक संरक्षण नदिने स्पष्ट गरेका छन् । एक अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफुले कम बोलेर धेरै गर्न चाहेको बताए । दोस्रो पटकको कार्यकाललाई परिणाममुखी बनाउन आफु हरतरहले सक्रिय रहेको भन्दै अवसर नगुमाउने दृढता व्यक्त गरे । उनले छिमेकी फेर्न नसकिने जनाउँदै दुबै देश चीन र भारतबाट हुंने उच्चस्तरीय भ्रमणले नेपालको कुटनीतिक सन्तुलन कायम हुंने आशा व्यक्त गरेका छन् । आफुले भदौ मसान्तमा भारतको भ्रमण गरेपछि भारतीय राष्ट्रपतिको नेपाल र नेपालका राष्ट्रपतिको भारत भ्रमण हुने प्रचण्डले खुलाशा गरेका छन् । निकट भविश्यमै चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

Prachanda Pushpa Kamal Dahal

विशेष