मनोरञ्जन News

अमेरिकाको ग्रिन कार्ड पाउनका लागि नक्कली कागजातदेखि भूकम्प पिडितको वहानासम्म

अमेरिकाको ग्रिन कार्ड पाउनका लागि नक्कली कागजातदेखि भूकम्प पिडितको वहानासम्म

old-actor-actress-nepal-nepalaaja

नेपाली चलचित्रका अधिकांश कलाकारहरु अमेरिकातर्फ हानिएका छन् । त्यसै त ‘अवसरको खानी’ मानिने अमेरिकामा नेपालमै अवसर खोजेर स्थापित भइसकेका कलाकारहरुको समेत दिनानुदिन घुईचो लाग्ने क्रम भने जारी नै छ । भिसा लगाउनका लागि अमिरेकी राजदूतावास धाउने कलाकारको घुइचो नै लाग्ने गरेको छ । कतिले त भिसा लागेन भने अरुले हाँसो उडाउँछन् भनेर माक्स लगाएर दूतावास धाउने गरेको तथ्य समेत बाहिर आएको छ । कुनैबेला दर्शकमाझ चित परिचित बनेका त्यस्ता धेरै कलाकारहरु अमेरिकामै जीवन व्यतित गरिरहेका छन् ।

अमेरिकाले भिसा नदिएकोमा मुर्छित भएका पनि धेरै कलाकारहरु छन् । अमेरिकाको भिसा लगाउनका लागि पत्रिका, अनलाइनमा आफ्ना बारेमा भए नभएका समाचार, अन्तर्वाता प्रकाशित गर्ने नक्कली कागजात बनाउनेको पनि यहाँ कमी छैन । अझै कतिपयले त अमेरिका पुगेपछि ग्रिनकार्ड अप्लाई गर्नका लागि पहिले नै पर्याप्त डकुमेन्ट तयार गर्ने गरेका छन् । कुनै समय कलाकारिता गरेर स्वदेशमा आफुलाई स्थापित गराएका थुप्रै कलाकार विदेशिएका छन् । गायक प्रेमराज महत, जल शाह, पूजा चन्द, सारंगा श्रेष्ठ लगायत कुनै समयका ती चम्किला तारा अमेरिकामै रमिरहेका छन् ।

नायक राजबल्लभ कोइराला कुनै समय नेपाली सिनेमामा निकै सक्रिय देखिन्थे । फिल्म ‘पर्खि बसेँ’ बाट नेपाली फिल्म जगतमा पाइला टेकेका उनले दुइ दर्जन भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् । फिल्म ऋतु पछि उनी एकाएक सिनेमाबाट हराए । उनी अमेरीका पसेको आधा दशक हुन लाग्यो । बीचमा एकपटक स्वदेश आउका उनी ‘ग्रिनकार्ड’ होल्डर हुन् । अमेरिकामै साथीहरुसगँ मिलेर राघव नामक फिल्म निर्माण र अभिनय गरेका राजबल्लभको सो फिल्म हलमा भने लागेन । राजबल्लभ फेसबुकमा भने देशको साह्रै माया लागने गफ हाँकिरहेका हुन्छन् ।

त्यस्तैगरि अर्का अभिनेता जीवन लुईटेल पनि ‘ग्रिनकार्ड’ होल्डर हुन् । केही समय अमेरिका बसेका उनी अभिनयमा पनि सक्रिय छन् । तर, उनले आफूले ग्रिनकार्ड पाएको कुरा भने खुलेर बोलदैनन् । पुराना अभिनेता दिलिप रायमाझी पनि ग्रिनकार्ड होल्डर हुन् । आफन्तको सहयोगमा काठमाडौँबाटै उनलाई ग्रिनकार्ड दिइएको बताइन्छ । दिलीप अमेरिका—नेपाल ओहोरो दोहोरो गरिरहन्छन् तर उनकी पत्नी मञ्जु र छोरी दिव्या भने अमेरिकामै छन् ।

सन १९९० की चर्चित नायिका जल शाहले पनि अमेरिकामा घरजम गरिन्् । त्यस्तै अर्की अभिनेत्री सज्जा मैनालीले पनि अमेरिका पाएपछि चटक्कै स्वदेशको माया मारिन् । डिभि परेका पति ओम भट्टराईकासाथ अमेरिका उडेकी सज्जा फिल्मकर्मीको सम्पर्कमा आउँन चाहँदिनन् । फिल्म चपली हाइटबाट हिट भए पनि फुलस्टपबाट फ्लप भएकी बिनिता बराल कृषि पढ्न अमेरिका उडिन् । केही समयअघि उनको आफनो उपन्यास ‘जुइनो’ को पुस्तक विमोचनको लागि नेपाल आएकी उनी फेरि अमेरिका उडिसकेकी छिन् । माया नमार, हिम्मत, दुर्गा, शक्तिलगायतका फिल्मबाट अभिनेताका रुपमा स्थापित भएका रमित ढुङगानाको पनि रोजाइमा अमेरिका नै पर्यो । पछिल्लो केहि समय उनी अमेरिका—नेपाल ओहोरो दोहोरो गरिरहन्छन् । ‘बुद्ध बर्न इन नेपाल’ नामक फिल्म बनाएर बुद्धको जनमस्थल चिनाउँछु भनेर गफिदैँ हिँडेका रमितको सो फिल्मलाई दर्शकले मन पराएनन् । जेठको पहिलो साता सार्वजनिक प्रर्दशनिमा आएको सो फिल्ममा बुद्धबारे कुनै ठोस प्रस्तुती नरहेकाले दर्शकले नहेरेको भन्ने बुझाइ छ ।

आफ्ना पतिको साथ अमेरिका उडेकी नायिका अरणिमा लम्साल पनि उतै रमाइरहेकी छिन् । त्यस्तैगरि भारतीय हिरो राहुल रोयका साथ मुम्बाई हानिएकी उषा पौडेल पनि केही वर्षको अन्तराल पछि अमेरिका पुगिन् । अकी अभिनेत्री ऋचा घिमिरे पनि अमेरिकामै छिन् । पति निर्देशक शंकर घिमिरेकोसाथ क्यानडा हुँदै अमेरिका पुगेकी उनले त्यहाँ पुगेर थप दुई सन्तानलाई जन्मसमेत दिइसकेकी छिन् । अमेरिकी सरकारले बच्चा भत्ता दिने भएकाले पनि उनीहरु बच्चा जन्माउन लालायित भएको बुझाइ छ ।

अभिनेत्री नन्दिता केसी कहिल्यै हिट हिरोइनको कित्तामा पर्न सकिनन् । तसर्थ उनी पनि अमेरिका उडिन् । केही समय उतै बसेर आएकी उनले अब भने लामो समय उतै बस्ने निर्णय लिइसकेकी छिन् । निर्णयअनुरुप उनी तीन महिनाअघि अमेरिका पुगिसकेकी छिन् । सिनेमामा हिरो र भिलेन दुबैको रोलमा अभिनय गरेका मुकेश आचार्य पनि अमेरिका उडे । त्यस्तैगरि अभिनेता मुकेश ढकाल पनि अमेरिकामै छन् । कलकारितामा पर्याप्त मात्रामा सफलता पाउन नसकेका यी दुबै मुकेशले अमेरिकामै भाग्य चम्काउने दाउमा रहेका छन् ।

निर्देशक नारायण पुरी पनि अमेरिका पुगेका छन् । पछिल्लो पाँच वर्षदेखि हिमालय टिभीमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पुरी ग्रिनकार्डसहित अमेरिका पुगेका हुन् । उनी परिवारसहित अमेरिका उड्नाले निर्माता हसन खनाल ट्वाल्ल परेका छन् । उनले पुरीलाई आफ्नो ‘रोमियो’ निर्देशनको जिम्मेवारी सुम्पिएका थिए । पुरी काठमाडौँ आउने कुराको भने टुङगो छैन ।

आफूले बनाएका फिल्म फ्लप मात्र भएर विरक्त भएर बसेका निर्देशक, निर्माता कृष्ण चापागाईंलाई डिभि पर्यो । तसर्थ उनी परिवारसहित अमेरिका उडे । अमेरिकामा बसेपनि उनले फेसबुकमार्फत नेपाली फिल्मकर्मी तथा संचारकर्मीको खोयरो खन्ने गरेका छन् । फिल्मसम्ब्न्धी विभिन्न कार्यक्रम, सेमिनार गोष्ठीहरुमा सहभागी हुने बहानामा अमेरिकाको भिसा लगाउने र उतै लुकेर बस्ने कलाकर्मीको संख्या पनि यहाँ कम छैन । निर्देशक सुरेशदर्पण पोखरेल पनि अमेरिका पुगे । बचिमा एकपटक काठमाडौँ आएका उनी पूनः अमेरिका भासिँएका छन् । भुकम्प पिडितलाई वासको व्यवस्था गर्ने नाममा उनले राम्रै प्रगति गरे । अमेरिकामा अर्थ जुटाएर भूकम्पपिडितलाई सहयोग गर्ने राय उनले राख्ने गरेका छन् ।

American Green Card

विशेष