कला साहित्य News

तिम्ल्याहा नेपाली डाक्टरको तीन म्यूजिक भिडियो बजारमा

तिम्ल्याहा नेपाली डाक्टरको तीन म्यूजिक भिडियो बजारमा

Brother

भदौ ५ । तिम्ल्याहा नेपाली डाक्टरले गिनिज बुक अफ वल्डमा नाम लेखाउने तयारी गरेका छन् । तिम्ल्याहा दाजुभाई एकैपल्ट डाक्टर बनेका हुन् । चितवन मूलघर भइ काठमाडौंमा बसोबास गर्ने सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले यो वर्षमात्रै एमबिबिएस परीक्षा पूरा गरेका हुन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा २०४८ साल असोज ५ गते उनीहरुको जन्म भएको हो । जेठा सौगात जन्मेको ३ मिनेटपछि माइला सौजन र त्यसको ५ मिनेटपटि कान्छा सौरज जन्मेको उनीहरुकी आमा सकुन्तला देवकोटाले बताइन् । नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबिबिएस पूरा गरेका उनीहरुको सर्जन बन्ने लक्ष्य छ ।

तिम्ल्याहा त्यो पनि डाक्टर बनेर वल्र्ड रेकर्डमा नाम लेखिने संभावना भएपनि म्युजिक भिडियोमा अभिनय समेतको रेकर्डको थालनी शनिवारबाट गरिएको हो । उनीहरुका बुवा शिवप्रसाद देवकोटाले लेखेको, संगीत गरेको र स्वर भरेको म्युजिक भिडियोमा उनीहरुले तिनैजनाले अभिनय गरेका छन् ।

एकसाथ तीन म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अन्य दुई गीतमा भने गंगाधर पराजुलीले स्वर भरेका छन् । तनिटै गीत बिन्दबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । तिम्ल्याहाका डाक्टर सौगात, सौजन र सौरज देवकोटाका धेरै रुची मिल्छन् । धेरै कुरामा समानता छ । उनीहरुले कुनैबेला केटी समेत एउटै मन परेको बताएका छन् ।

Three Doctor in Nepal

विशेष