जब उपराष्ट्रपति पुत्रलाई महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले छेकबार गरे
उपराष्ट्रपति पुत्र दिपेश पुनलाई भारतीय सुरक्षाकर्मीले महाकाली पूलमा छेकबार गरेका छन् । अखिल क्रान्तिकारीको नेतासमेत रहेका पुन अध्यक्ष नरेन्द्र न्यौपानेसहितको समुहका साथमा संगठनको काममा पश्चिम नेपालको यात्रा छन् । त्यहीक्रममा उनी महाकाली पूल पुगेका थिए । त्यहाँ उनको समुहलाई भारतीय सुरक्षाकर्मीले पूल नजिक जान र फोटो खिच्न रोक लगाएका थिए । नेपालकै भूमी भएपनि भारतीयले त्यहाँ नेपालीलाई कडाइ गर्ने गर्दछन् । नेपालका एक सरकारी अधिकारीले पुन उपराष्ट्रपतिको छोरा भनेर चिनाएपछि तस्बिरसम्म खिच्न दिइएको पुनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
पुनले एमाले अध्यक्ष केपी ओलीको जोडबलमा भएको महाकाली सन्धीको स्मरण गर्दै पुनले ओली राष्ट्रवाद मज्जैले अनुभव गरेको उल्लेख गरेका छन् ।
Indian police interfere in Mahakali River
mahakali nadima bharatiya surakhshyakarmi