News

ढिस्कोबाट खसेर एक बालकको मृत्यु

ढिस्कोबाट खसेर एक बालकको मृत्यु
death-mainभदौ - ५ । दाङको चिराघाटमा ढिस्कोबाट खसेर एक बालकको मृत्यु भएको छ । शान्तिनगर ४ चिराघाट निवासी रुपलाल बिकका ६ बर्षीय छोरा विकास बिक ढिस्कोबाट झन्डै ३५ मिटर तल लडेर गम्भीर घाईते भएका थिए । घाईते बिकको राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङको प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज लैजादैँ गर्दा आइतबार बिहान मृत्यु बाटो मै मृत्यु भएको ईलाका प्रहरी तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिएका छन् । बालकको शव राप्ती अञ्चल तुलसीपुरमा पोष्टमार्टमको लागि राखिएको छ ।

balak ko mirtue dang

विशेष