News
राजधानीका खोलामा छैन् झोलुङ्गेपुल विकटकाे के कुरा
आइतबार, ०५ भदौ २०७३ गते प्रकाशित
भदाै - ५ । काठमाडौँ जिल्लाको शङ्खरापुर नगरपालिका–३ र सिन्धुपाल्चोक जिल्लाको भोटेचौर–४ जोड्ने झोलुङ्गेपुल निर्माणले स्थानीय बासिन्दालाई आवागमनमा सहज बनाएको छ ।
काठमाडौँ जिल्ला विकास समितिको झोलुङ्गे पुल निर्माण परियोजना अन्तर्गतको रु १४ लाखको लागतमा शङ्खरापुर नगरपालिका–३ र भोटेचौर–४ स्थित जर्के खोलामाथि २४ मिटर लामो पुल निर्माण भएको पुल निर्माण समितिका अध्यक्ष अग्नि लामिछानेले बताए।
दुई जिल्ला जोड्ने पुल निर्माणले दुवैतिरका दश गाविसका बासिन्दालाई आवागमनमा सहज बनाएको छ । वर्षाको समयमा वारिपारि खेतमा आवतजावत गर्न समस्या भएकामा पुल निर्माण भएपछि सजिलो भएको महाकाली माविका प्रधानाध्यापक गणेश तिवारीको भनाइ छ । रासस
Bajhang
jholunge pul
kathmandu
Sindhupalchok