News
आपूर्तिमन्त्री बोहोराको निगमलाई कडा निर्देशन
आइतबार, ०५ भदौ २०७३ गते प्रकाशित

भदौ ५ । आपूर्तिमन्त्री दिपक बोहोराले शनिबार बाहेक सार्वजनिक विदाका दिन पेट्रोल पम्पले माग गरेअनुसारकै तेल बिक्री वितरण गर्न आयल निगमलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्री बोहोराले सरोकोरवलासँगको छलफलमा अहिले वितरण भइरहेको परिमाणलाई बढाएर तत्काल सहज रुपमा तेल उपलब्ध गराउन समेत सबै पक्षलाई आग्रह गरेका छन् ।
निगमले यसअघि सार्वजनिक विदाको दिन थानकोट डिपोबाट तेल बिक्री वितरण नगर्ने गरेको थियो । जसका कारण लगातारको सार्वजनिक विदा पर्दा उपत्यकामा उपभोक्ताले इन्धन अभाव भएको महसुस गर्ने गरेका छन् ।
Dipak Bohora
Nepal Oil Corporaion