News

महिलालाई बन्धक बनाएकाे अभियोगमा ३ पक्राउ

महिलालाई बन्धक बनाएकाे अभियोगमा ३ पक्राउ
hatkadiभदौ ५ । १९ वर्षीया महिलालाई बन्धक बनाई राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाबहिल बस्ने २६ वर्षीय आशिष ओझा, ललितपुर हरिसिद्धि बस्ने २० वर्षीया शर्मिला रावत र कोटेश्वर महादेवस्थान बस्ने २६ वर्षीय ऋषि रञ्जन छन् । उनीहरुले नवलपरासी कावासोती नगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने रोशनी पौडेललाई बन्धक बनाएका थिए । शनिबार राति ऋषि रञ्जनको घरमा बन्धक बनाई राखेको खबर प्राप्त भएपछि प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले खोजी सुरु गरेको थियो । खोजीको क्रममा कोठाको झ्यालबाट हाम फाली घर पछाडी लुकीरहेको अवस्थामा पौडेल फेला परेकी थिईन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

bandhak banaune pakrau ktm

विशेष