News

४ सय वर्ष पुरानो मूर्ती चोर्ने पक्राउ

४ सय वर्ष पुरानो मूर्ती चोर्ने पक्राउ
hatkadiभदौ – ५ । बुद्ध मन्दिरबाट सुनको जलप लगाइएको ४ सय वर्ष पुरानो बुद्ध तथा ताराको मूर्ति चोर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मूर्तिचोरी भएको २५ दिनपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको हो तर मूख्य एक जना भने अझै फरार रहेका छन् । मूर्ति गत साउन १० गते ललितपुर १२ नौदोबहालामा रहेको बुद्ध मन्दिरबाट चोरी भएको थियो । मन्दिरमा ५ वटा ताला काटेर मूर्ति चोरी भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रामेछाप गाँउसरा ४ घर भइ ललितपुरको इमाडोल बस्ने ५३ वर्षका मानबहादुर मगर, काभ्रे घर भइ सानेपा बस्ने गणेशबहादुर श्रेष्ठ र दोलखा घर भइ बनेपा बस्ने मिलनबहादुर खत्रीलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । मगरले ट्याक्सीमा ओसारपसार गर्ने, श्रेष्ठले चोर्ने र खत्रीले चोरी गरेको मूर्ति बेच्ने भूमिका खेलेको उनले बताए । मूर्तिचोरी गराउनेले पेशेवर चोरलाई ३५ हजार रुपैयाँ दिएर चोर्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ । मूर्तिभने चोरी भएको मन्दिर नजिकै झोलामा प्रहरीले आज विहान फेला पारेको हो । चोरी भएको मूर्ति चीनतर्फ लैजान कोसिस गरिरहेको अनुसन्धानबाट खुल्न आएको एसपी अशोक सिंहले बताए ।

murti chorne pakrau

विशेष