विदेश
अमेरिकामा जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु
आइतबार, ०५ भदौ २०७३ गते प्रकाशित

भदौ - ५ । अमेरिकाको कोलोराडो स्थित अल्लामोसामा खेतीको औषधी छर्किने एउटा जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
विमान दुर्घटनामा एक पाइलटको मृत्यु भएको नागरिक उड्डयन कार्यलयले पुष्टि गरेको हो ।
आकाशबाट खेतमा औषधी छर्दै गरेको जहाज अनियन्त्रित भएपछि आगो सल्किएको थियो । तर अग्नि नियन्त्रक टोली घटनास्थल पुग्दासम्म चालकको मृत्यु भइसकेको थियो ।
मृतक चालक लामो समयदेखि रियो ग्रान्डी कन्ट्री सेरिफ अफिसका कर्मचारी थिए । केही समय अघि मात्र उनी अलमोसा कन्ट्री सेरिफ अफिसमा काम थालेका थिए ।
दुर्घटनाको कारण छिटै सार्वजनिक गर्ने राष्ट्रिय यातायात सेफ्टी बोर्डले बताएको छ ।
Plane Crash