News
एकै घरका ३ सदस्यकाे रहस्यमय मृत्यु
आइतबार, ०५ भदौ २०७३ गते प्रकाशित
भदाै - ५ । कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ ।
इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो भने छोराछोरीलाई विद्यालय पुर्याउन हिँडेकी रामलालकी २४ वर्षीया श्रीमती बस्नती नजिकैको उखुबारीमा बेहोस अवस्थामा भेटिएकी छिन् ।
विद्यालय छुट्टी भइसकेपछि पनि श्रीमती र छाेराछाेरी घर नफर्केपछि रामलाल उनीहरुको खोजीमा निस्किएका थिए । विद्यालयमा शिक्षकले छाेराछाेरी उपस्थित नभएको बताएपछि खोजी गर्ने क्रममा श्रीमती, छोरा र छोरी उखुबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
बेल्डाँडी प्रहरीका अनुसार रामलालका छोरा मृत तथा श्रीमती र छोरी बेहोस अवस्थामा फेला परेका थिए । छोरी जस्मीनको उपचारका क्रममा स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा मृत्यु भएको बताइएको छ भने श्रीमती बसन्तीको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उखुबारीमा विषादीको बोतल भेटिएकाले घटना थप रहस्यमय बनेको प्रहरीले बताएको छ ।
यस्तै ललितपुरको सातदोबाटोमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ५५ वर्षको पुरुषको शव फेला परेको र परिचय खुल्न नसकेको महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
शवलाई पोष्ट मार्टमको लागि पाटन अस्पतालमा लगिएको छ ।
Kanchanpur
srimati xaraxori mrita fela