News

तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
dubyo भदाै - ५ । बुटवलको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवलको होराइजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्ने देवीनगर जनजागरण पथमा बस्दै आएका बाबु डिल्लीराज गिरी र आमा पवित्रा गिरीका १० बर्षीय छोरा आयुप गिरीको मृत्यु भएको हो । शनिबार साँझ पौडी खेल्ने क्रममा नदीले बगाए पनि अाइतबार बिहान मात्रै प्रहरीले भेटृाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । खोलाले बगाएपछि विद्यालयले घटनालाई गोप्य राख्ने प्रयास गरेको स्थानीयवासीको भनाइ छ । शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको छ । प्रहरीले देवीनगर–१३ मा तिनाउ नदीले बालकलाई पौडी खेलेको स्थानभन्दा २०० मिटर तल पुर्याएको बताएको छ । रा

butwal tinau ma dubera mirtue

विशेष