राजनीति News

सरकारमाथि कडा निगरानी राख्ने एमालेको निर्णय

सरकारमाथि कडा निगरानी राख्ने एमालेको निर्णय

Uml

भदौ ६ । प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले सत्ताको दुरुपयोग गर्न सक्ने भन्दै कडा निगरानी गर्ने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले केपी ओली नेतृत्वको सरकारले अघि सारेको नीति तथा कार्यक्रम र बजेटको निरन्तरता र कार्यान्वयनको माग गरेको छ ।

सरकारको तर्फबाट हुन सक्ने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ताको दुरुपयोगप्रति कडा निगरानी गर्ने निर्णय भएको छ एमालेले भनेको छ । आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई अघि सार्दै देशव्यापी पार्टी परिचालनको कार्ययोजना अघि सार्ने एमालेको निर्णय छ ।

UML

विशेष