राजनीति News

५ घटक विप्लब माओवादीमा

५ घटक विप्लब माओवादीमा

Biplav Chand भदौ ५ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा अरू पांच माओवादी घटक धुव्रीकृत भएका छन् । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ती घटकले विप्लव माओवादीमै आफूहरु ध्रुवीकृत भएको घोषणा गरेको छ । माओवादी महासचिव चन्दसहित सन्देश पौडेल, रमेश नेपाली, नेकपा माओवादीका विष्णु ढुंगाना, इस्लामहवारी र सुदर्शनले हस्ताक्षर गरेको वक्तव्यमा त्यसको घोषणा भएको हो ।

परिबन्दले माओवादी क्रान्तिकारी अनेक ठाउंमा छरिन पुगेको भन्दै वक्तव्यमा अब धुव्रीकृत भएर विद्रोह गर्ने प्रतिबद्धता उल्लेख छ । ‘क्रान्तिकारीको यो अन्तिम पुनःएकीकरण र ध्रुवीकरण होइन,’ वक्तव्यमा भनिएको छ, ‘सम्भव भएसम्म संस्थागत, संस्थागत नभए क्रान्तिकारी शक्ति आफ्नो आफ्नो ठाउंबाट एकीकृत र ध्रवीकृत हुन आवश्यक छ । कान्तिपुरबाट

Biplov Maosist

विशेष