राजनीति News

आफ्नो दलको अस्तित्व सकिने डरले आफू नेतृत्वको सरकार ढाल्न लागिपरेको ओलीको दाबी

आफ्नो दलको अस्तित्व सकिने डरले आफू नेतृत्वको सरकार ढाल्न लागिपरेको ओलीको दाबी

kp-sharma-oli-nepalaaja

भदौ ६ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले थप दुई वर्ष सरकार सञ्चालन गर्न पाएको भए अरु दलको साइनबोर्ड मात्रै बांकी रहने बताए ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्मचारी संघको आठौं केन्द्रीय अधिवेशनको उदघाटन कार्यक्रममा पूर्वप्रधानमन्त्रस् ओलीले आफ्नो दलहरुको अस्तित्व सकिने डरले आफू नेतृत्वको सरकार ढालिएको आरोप समेत लगाए । ‘अब दुईवर्ष मैले सरकार चलाउन पाएको भए अरु पार्टीको साइनबोर्ड मात्रै रहन्थ्यो’ ओलीको दावी थियो । ‘जनताको पक्षमा काम गरेको देखेर देश एमालेमय बन्थ्यो, त्यही डरले आत्तिएकाहरुले पनि षडयन्त्र गरेर सरकार ढाल्न मद्दत गरे ।’

आफूले सरकारमा छँदा ल्याएको नीति तथा कार्यक्रम, जनमुखी एवं प्रभावकारी बजेट कार्यान्वयन हुंदा नेपालमा ठूलै परिवर्तन हुन्छ भनेर डराउने शक्तिले पनि सरकार ढाल्न मद्धत पुर्रयाएको आरोप थियो । आफू नेतृत्व सरकारले राष्ट्रियतामा आंच आउने गरि देशको शीर निहुराउने काम नगरेका कारण सरकार ढलेको टिप्पणी गर्दै ओलीले षडयन्त्रकारीहरुसंग शीर उचो बनाएका कारण सरकार ढलेको दाबी रहेको थियो ।

KP Oli

विशेष