विदेश

इराकमा आमनरसंहारमा संलग्न ३६ जनालाई फांसी

इराकमा आमनरसंहारमा संलग्न ३६ जनालाई फांसी

Hanging भदौ ६ । इराकमा इस्लामिक स्टेटसंग आबद्ध उग्रवादीहरुले गरेको आमनरसंहारसंग संबद्ध भनिएका ३६ जनालाई फांसी दिइएको छ । झण्डै दुई वर्ष अघि सेनामा भर्ती भएका एकहजार सातसय जनाको हत्याको सिलसिलामा उनीहरुलाई मृत्युदण्ड दिइएको इराकी अधिकारीहरुले जनाएका छन् । दुई वर्ष अघि इराकको टिक्रिट शहर नजीकै एउटा भूतपूर्व अमेरिकी सैनिक अखाडामा भर्खरै भर्ती गरिएका इराकी सैन्यहरुलाई इस्लामिक स्टेट लडाकुहरुले बन्धक बनाएका थिए ।

त्यसपछि उनीहरुमध्ये शिया धर्मावलम्वीहरुलाई छुट्याइ उनीहरुको हात बाँधी लरीमा लगिएको थियो । पछि उनीहरुलाई खुला चौरमा घोप्टो परी सुत्न लगाइ गोली हानी हत्या गरिएको थियो ।  आइतबार फांसी दिइएकाहरु सबैजना इराकी नागरिक भएको ठानिएको छ । उनीहरुलाई गत फेब्रुअरी महिनामा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

Iraq Hanging

विशेष