राजनीति News

सानै उमेरमा देश हल्लाउने यि नेपाली नेता जसले यसरी इतिहास रचे

सानै उमेरमा देश हल्लाउने यि नेपाली नेता जसले यसरी इतिहास रचे

Rajaa नैनसिंह महर ४२ बर्षको उमेरमा नेविसंघको सभापति भएपछि नेपालमा बुढामात्रै नेता हुन्छन् भन्ने टिप्पणी व्याप्त छ । तर, सत्य त्यस्तो छैन । नेपालमा कम उमेरकै व्यक्तिले परिवर्तनको नेतृत्व गरेको र देश हल्लाएको प्रशस्तै उदाहरण भेटिन्छ ।  नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा चिनिने मुख्तियार भीमसेन थापाले ३१ बर्षको उमेरमै देशको नेतृत्व लिएका थिए । राणा शासनको शुरुवात गर्ने जङ्गबहादुर राणाले ३० बर्षको उमेरमा व्यवस्था परिवर्तन गरेका थिए ।

राणा शासनको अन्त्यपछि जनताको छोराका तर्फबाट मातृकाप्रसाद कोइराला ४० बर्षकै उमेरमा प्रधानमन्त्री भएका थिए । विपी कोइराला जहानियाँ राणा शासनका विरुद्धमा संर्घष थाल्दा भर्खर ३० लागेका थिए । उनी ३६ बर्षकै उमेरमा देशको गृहमन्त्री भएका थिए । उनी देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री हुँदा जम्मा ४५ बर्षका थिए ।  विपीलाई बर्खास्त गर्दै राजा महेन्द्रले शासनसत्ता हातमा लिए । त्यसपछि राजाकै निगाहामा प्रधानमन्त्री नियुक्त हुंने परिपाटी बस्यो । सानै उमेरमा राजाको दिल जित्ने एक माहिर राजनीतिक खेलाडी हुन्ः सूर्यबहादुर थापा । विक्रम सम्वत् १९८४ मा जन्मेका थापा ३८ बर्षकै उमेरमा विक्रम सम्बत २०२२ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

बहुदल स्थापना भएपछि प्राय ६० काटेकैहरु प्रधानमन्त्री भएका छन् । अपवादमा केही नेता छन् । ५० नकाट्दै प्रधानमन्त्री भएका एकमात्र नेता हुन् शेरबहादुर देउवा । डडेल्धुराका नैनसिंह महर ४२ बर्षमा नेविसंघ अध्यक्ष भएको आजको जमना भन्दा विल्कुल फरक सो उमेरमा देउवा गृहमन्त्री भइसकेका थिए ।  २४ बर्षमा नेविसंघको सभापति भएका देउवा त्यसको २५ बर्षपछि ४९ बर्षको उमेरमा देशको निर्वाचित प्रधानमन्त्री बन्न सफल भए । काँग्रेसमा मै हुँ भन्ने बरिष्ठ नेताहरु हुँदाहुँदै उनी प्रधानमन्त्री होलान् भन्ने सायदै कसैले सोचेको थियो ।

काँग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका कैयौं बरिष्ठ नेता हुँदा हुँदै देउवाले प्रधानमन्त्रीको बाजी मारेका थिए । एकल बहुमत रहेको संसद विघठन गरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधी निर्वाचन गरेका थिए । मध्यावधीमा काँग्रेस दोस्रो दल बन्यो, कोइरालाले नैतिकताको आधारमा संसदीय दलको नेता बन्न इन्कार गरे । देउवाले नाटकीय शैलीमा मौकामा चौका हानिदिए ।

देउवा नेविसंघको सभापति भएको ४५ बर्षपछि पार्टी सभापति भए । यो अनुपातमा हेर्नेहो भने महर ८७ बर्षमा पार्टी सभापति बन्ने देखिन्छ । तर, राजनीतिमा यसरी हिसावकिताव गर्न मिल्दैन, प्रवृत्तिको आंकलन भने गर्न सकिन्छ । नेविसंघको महाधिवेशन हुनै ९ बर्ष लागेपछि महरको उमेर र विद्यार्थीको भुमिकाका बीचमा बेमेल भएको तथ्य अर्कोतर्फ छदैछ ।

नेपालको राजनीतिमा सानै उमेरमा पार्टीमा बर्चश्व जमाउने धेरै उदाहरण छन् । पार्टी स्थापना जसले स्थापना गर्यो उही नेता हुुंने हुँदा पुष्पलाल श्रेष्ठ, सिपी मैनालीलगायतका नेताहरु जुँगाको रेखी बस्दा नबस्दै नेता भइसकेको उदाहरण छ । संर्घष र प्रतिभाकै कारण नेता बनेका र अजम्बरी कोटीमा दरिएका नेता हुन् मदन भण्डारी । ४० नपुग्दै उनी नेकपा एमालेको महासचिव भइसकेका थिए । ४१ बर्षको उमेरमा उनको निधन भएको थियो । उनी जिवितै रहेको भए सम्भवतः सबैभन्दा कम उमेरमा निर्वाचित प्रधानमन्त्री बन्ने रेकर्ड राख्ने सम्भावना देखिन्थ्यो ।

पुष्पकमल दाहाल प्रचण्डपनि कम उमेरमै राजनीतिलाई तरंगित पार्ने नेता हुन् । ३४-३५ बषैको उमेरमा पार्टीको प्रमुख नेता बनेका उनले ४१ बर्षको उमेरमा सशस्त्र युद्धको नेतृत्व गरेका थिए । पचास टेक्दा नटेक्दै उनी प्रधानमन्त्री बन्न सफल भए । दोहोराएर प्रधानमन्त्री बन्न सफल एकमात्र कम्युनिष्ट नेता उनीमात्रै हुन् ।  संसदीय राजनीतिका दृष्टिले सबैभन्दा छिटो उचांइमा पुग्ने मध्येकी एक पात्र हुन् ओनसरी घर्तीमगर । ३८ बर्षकै उमेरमा उनी निर्वाचित सभामुख हुन पाइन् । उनी तीस लाग्दा नलाग्दै मन्त्रीपनि भइसकेकी थिइन् ।

Nepali Politics

विशेष