विदेश

आईएसद्वारा ४० जनाको टाउको छिनाएर हत्या

आईएसद्वारा  ४० जनाको टाउको छिनाएर हत्या

Nepal Aaja

एजेन्सी– आतङ्ककारी समूह इस्लामिक स्टेट्स (आईएस) ले इराकको मोसुलमा ४० जना सर्वसाधारणको टाउको छिनाएर हत्या गरेको समाचार छ । उनीहरूले उनीहरूका विरुद्ध षड्यन्त्र गरेको भन्ने आरोपमा उनीहरूको टाउको छिनाएर हत्या गरेको हो ।  आईएसका लडाकूले हत्या गरिएका ती शव मोसुलमा रहेको एक अस्पतालमा बुझाएका थिए । शवसँगै मारिएका ती व्यक्तिको नामावली पनि उनीहरूले बुझाएको सो अस्पताल स्रोतले जानकारी दिएको छ ।

मारिएका व्यक्तिमध्ये अधिकांशको टाउको छिनाइएको छ भने बाँकीको पनि टाउकोमा नै गोली हानिएको छ । आइतबार अस्पतालले सो जानकारी दिएको हो । यस विषयमा सरकारको कुनै जानकारी आएको छैन

Iraq

विशेष