News

अनलाइनमार्फत राहदानी लिने बढे

अनलाइनमार्फत राहदानी लिने बढे

Pasport

राहदानी विभागले प्रि–इन्रोलमेन्ट (अनलाइनमार्फत राहदानी आवेदन) सेवा सुरु गरेसँगै दैनिक एक हजारदेखि एक हजार ५०० मानिसले अनलाइनमार्फत फाराम भर्ने गरेका छन् । राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले घरमै बसेर राहदानी भर्न सकिने भएकाले प्रि–इनरोेलमेन्ट सेवाप्रति ग्राहकको आकर्षण बढ्दै गएको जानकारी दिनुभयो । “कार्यालय गएर लाइन बस्दा भीडभाड र समय खेर जाने भएकाले प्रि–इनरोेलमेन्टतर्फ ग्राहकको आकर्षण बढेको हो ।”

महानिर्देशक थापाले वृद्धवृद्धा, अपाङ्ग, केटाकेटी र विशेष परिस्थितिमा बाहेक सम्पूर्णको अनलाइनमार्फत फाराम लिन थालेको बताए । ग्राहकले अनलाइनमार्फत राहदानी भर्न नजान्दा सुरुमा केही समस्या देखापरेको भए पनि अहिले अनलाइनमार्फत फाराम भर्नेको संख्यामा बढेको उल्लेख गरे । अनलाइमार्फत भरेको फाराममा केही त्रुटि भए तत्काल खबर गरिदिने हुँदा प्राविधिक त्रुटि र झन्झट हट्ने थापाको भनाइ छ ।

विभागले गत असार १९ गतेदेखि प्रि–इनरोेलमेन्ट सेवा प्रदान गर्दै आएको हो । हालसम्म प्रि–इनरोलमेन्ट सेवामार्फत दुई हजार ६८३ ले एकैदिनमा राहदानी लिएका छन् भने एक हजार ५८० जनाले दुईदिनमा राहदानी लिएको विभागले जनाएको छ । केही समय अगाडिदेखि नै विभागले एकदिन र दुईदिनका लागि प्रि–इ न्रोलमेन्ट सेवा लिँदै आए पनि अब भने जुनसुकै दिनमा राहदानी लिए पनि उक्त सेवा लिनुपर्नेछ

Passport Passport Nepal

विशेष