News

उपराष्ट्रपति र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता

उपराष्ट्रपति र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता
Nanda bahadur Pun भदौ – ६ । उपराष्ट्रि नन्दबहादुर पुन (पासाङ) र उत्तर कोरियाली राजदूत किम योङ हकबीच कान्तिपथ बहादुर भवनमा भेटवार्ता भएको छ । राष्ट्रपति पासाङले उत्तर कोरियाका राष्ट्रपति किम जोन उन त्यहाँको वर्कस पार्टीको सर्वोच्च पद अध्यक्षमा निर्वाचित हुनुभएकोमा राजदूत हकमार्फत बधाई दिएका छन् । भेटमा उपराष्ट्रपति पासाङले नेपाल–उत्तर कोरिया सम्बन्ध धेरै घनिष्ट रहेको बताए । उनले दुई देशबीचको सद्भाव र सहकार्यको सम्बन्ध रहेको बताउँदै सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए । उपराष्ट्रपतिसँगको भेटमा राजदूत हकले नेपाल उत्तर कोरियाको असल मित्र राष्ट्र भएको बताएका छन् । किम उत्तर कोरियाको राष्ट्रपति र वर्कस पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नेपालका राष्ट्रपतिले बधाई दिएको र बधाई दिएकोमा किमले धन्यवाद पत्र पठाएको स्मरण गर्दै राजदूत हकले ‘यो दुई देशबीचको घनिष्ट सम्बन्धको सूचक रहेको बताएका छन् ।

Kim young hak Korea Nanada bahadur Pun

विशेष